मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५,९३८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो ।

आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्राणालीमा प्रविष्टि गर्नेक्रम जारी छ । हालसम्म ५ हजार ९३८ जनाको मनोनयन प्रणालीमा प्रविष्ट भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी मनोनयन गर्नेमध्ये ५ हजार ४०८ जना पुरुष (९१.०७ प्रतिशत) र ५२९ जना महिला (८.९० प्रतिशत) रहेका छन् । पौडेलका अनुसार प्रतिनिधि सभा तर्फ हालसम्म २ हजार ५०२ जना उम्मेदवारको मनोनयन प्रविष्ट भएको छ । मनोनयनमा परेकामध्ये २ हजार २६९ जना पुरुष र २३३ जना महिला छन् ।

यस्तै, प्रदेश सभातर्फ हालसम्म ३ हजार ४३६ जना उम्मेदवारको मनोनयन परेको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार १३९ प्रतिशत पुरुष, २९६ जना महिला र अन्य १ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP