सोमबार , अषोज २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सेटिङमा शासन चलाउन खोजेको आरोप लगाएका छन् । थापाले यस्तो सेटिङमा शासन चलाउन नदिने पनि बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठ भएको संकेत गर्दै मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका हुन्।

लगातार ओली पक्षलाई सहयोग पुग्नेगरी पार्टीलाई अनिर्णयको बन्दी जस्तै बनाएका देउवाले शुक्रबार नुवाकोटमा आयोजित कार्यक्रममा पार्टी नेताहरुप्रति आक्रोश व्यक्त गर्दै ओलीका कदमलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिएका थिए ।

देउवाको उक्त अभिव्यक्तिपछि सामाजिक संजालमा तिखो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरो हुकुम नै शासन हो भनेर प्रधानमन्त्री २००७ सालअघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ, यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP