शनिबार , बैसाख ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सेटिङमा शासन चलाउन खोजेको आरोप लगाएका छन् । थापाले यस्तो सेटिङमा शासन चलाउन नदिने पनि बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठ भएको संकेत गर्दै मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका हुन्।

लगातार ओली पक्षलाई सहयोग पुग्नेगरी पार्टीलाई अनिर्णयको बन्दी जस्तै बनाएका देउवाले शुक्रबार नुवाकोटमा आयोजित कार्यक्रममा पार्टी नेताहरुप्रति आक्रोश व्यक्त गर्दै ओलीका कदमलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिएका थिए ।

देउवाको उक्त अभिव्यक्तिपछि सामाजिक संजालमा तिखो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरो हुकुम नै शासन हो भनेर प्रधानमन्त्री २००७ सालअघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ, यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP