आइतबार , भाद्र १४, २०८३

जुम्ला । जुम्लाको प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । गठबन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीकाट डिल्लीप्रसाद काफ्लेको उम्मेदवारी परेको मुख्य निर्वाचनअधिकृतको कार्यालयले जानकारी दिएको छ । काफ्ले नेमकिपाबाट संविधानसभा सदस्यसमेत हुन् ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार संघीय सांसदमा डा. कलबहादुर रोकायाको स्वतन्त्र उम्मेदवारी परेको छ । रोकाया माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार जुम्ला प्रदेश (क) बाट ६ जना र प्रदेश (ख) बाट सात जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभा (क ) गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, एमालेबाट धिरेन्द्रराज गिरी, राप्रपाका अंगतप्रसाद देवकोटा, नेमकिपाका राजेश्वर देवकोटा, राप्रपा नेपालका अग्निप्रसाद धितालको उम्मेदवारी दर्ता भएको छ ।

स्वतन्त्र उम्मेदवारी देवेन्द्रबहादुर शाहीको परेको छ । शाही नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार उठेका थिए ।

जुम्ला प्रदेश सभा (ख) मा सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदमबहादुर रोकायाको उम्मेदवारी परेको छ । प्रदेश (ख) मा एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने, नेमकिपाका बिर्खबहादुर रावतको उम्मेदवारी परेको छ ।

प्रदेश (ख) मा तीनजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका पूर्व सभापति दिपबहादुर शाही, धनबहादुर बस्नेत, नन्दराम रोकायाको स्वतन्त्र उम्मेदवारी परेको छ । रोकाया एकीकृत समाजवादीका जिल्ला नेता हुन् । मौसम खराबीका कारण धेरैजसो उम्मेदवारले वारिसे दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP