सोमबार , अषोज २६, २०८३

८ फागुन, सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई अदालतसँग सेटिङ मिलाएको हो भनेर प्रश्न गरेका छन् ।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसमा अहिले दुई धार छ । वरिष्ठ नेता पौडेल समूह संसद पुनर्स्थापनाको पक्षमा भभिन दबाव दिएपनि सभापति शेरबहादुर देउवा ‘अदालतले जे भन्छ, त्यही मान्नुपर्छ’ भन्दै आएका छन् ।

त्यसतर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले इनरुवामा कार्यकर्ता भेलाबाट प्रश्न गरे, ‘अदालतमा सेटिड भएको हो ? होइन भने किन अदालतले जे गर्छ त्यही मान्छौं भनिँदैछ ?’

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचमा शक्ति पृथकिकरणको सिद्धान्त अनुसार एउटामा छलफल भइरहेको बिषय अर्को ठाँउमा छलफल गर्नु हुन्न भनिएको भन्दै उनले कहिले काँही संसदमा पनि कुरा उठ्ने गरेका बताए । उनले भने, हामीले पनि कहिले काँही प्रश्न गरेका छौं । अहिले त हामीले संविधानको रक्षा गर्ने दायित्व बोकेका छौं । हामी बेखरबर बस्न मिल्दैन ।’

संसद विघटन हाक्काहाक्की संविधानमाथिकै अतिक्रमण भएको भन्दै उनले संविधान जोगाउनुपर्ने प्रमुख दायित्व भएको बताए । वरिष्ठ नेता पौडेलले अघि भने, ‘संविधान जोगाएपछि चुनाव त आज नभए भोलि, भोलि नभए पर्सि हुन्छ नै ।’

संसद विघटनलाई पार्टीले असंवैधानिक भनेको स्मरण गर्दै उनले प्रश्न गरे, असंवैधानिक ढंगबाट गराएको चुनावमा हामी कसरी जाने ? यो हाम्रो आफ्नै निर्णय विपरित हुन्छ । पञ्चायतले गरेका चुनाव संवैधानिक नभएकाले हामीले बहिष्कार गरेका हौं । ज्ञानेन्द्रले गराएको चुनाव पनि बहिष्कार गरेका हौं । त्यसैले संसद पुर्नस्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP