मंगलबार , बैसाख २९, २०८३

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुर्दा चार जनाको ज्यान गएको छ भने तीन जना घाइतेको उद्धार गरिएको छ । लगातारको बर्षाले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीय ध्रुवकुमार शाहीले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् ।

घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदैछ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन हिँडेपछि मात्रै पुगिने जनाइएको छ ।
स्थानीय शाहीका अनुसार घाइते तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अहिले पानी परिरहेकाले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP