सोमबार , अषोज २६, २०८३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समृद्ध नेपाली, सुखी नेपालको नारालाई पुरा गर्ने अभियानमा देश पुनः एकपटक जुर्मराएको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै सिंगो संसार कोरोनाबाट आक्रान्त भएको बेला नेपालमा संसद विघटन भएको भन्दै उनले देशलाई अस्थिरतातिर धकेल्ने प्रयास भइरहेको बताए ।

देशमा अस्थिरता कुनै बाह्यशक्तिबाट नभइ पार्टीभित्रैबाट सिर्जना गर्ने यास भएको बताउँदै उनले अवसरवादी र फुटवादीहरुका कारण देशमा असमान्य परस्थिति सृजना भएको बताए ।
जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने बताउँदै उनले गुटवादीलाई भण्डाफोर गर्ने उनले बताए ।

प्रचण्ड–माधव समूहले केही मन्त्रीहरु आफूतिर फर्किन लागेको गोयवल्स शैलीमा प्रचार गरेको टिप्पणी गर्दै मन्त्री थापाले प्रचण्ड–माधव समूह भयभित भएको टिप्पणी गरे । सरकारले लिएको कदम प्रतिगामी हो भनि भ्रम सृजना गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई अपदस्थ गरी नेतृत्वमा जाने षड्यन्त्रपूर्ण काम प्रतिगामी कदम रहेको आरोप लगाए । गोयवल्सका शैलीमा असत्यलाई पटक पटक दोहोर्याइ रहेको आरोप लगाउँदै उनले गोयवल्स नीति तथा षड्यन्त्र सफल नहुने बताए ।
अवसरवादीहरुले षड्यन्त्र र भ्रमका खेती गरिरहेको बताउँदै उनले हिटलरले जस्तो पालेको आँकाक्षा कहिल्यै पुरा नहुने टिप्पणी गरे ।

अर्को प्रसंगमा उनले बलात्कारीलाई पानी मुनी गएपनि नछाड्ने बताए । उनले भागरथी भट्टको बलात्कारीलाई समात्न सफल भएको उल्लेख गर्दै निर्मला पन्ताका बलात्कारलाई पनि कानुनको कठघारामा ल्याइछाड्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP