मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौंको गोठाटारमा गत ४ असोजमा भएको लाल मोहम्मदको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउपछि आज (शुक्रबार) सार्वजनिक गरेको हो । उनीहरु सबैको उमेर २१ वर्षमुनि रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भर्खरै पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका– १५ का १९ वर्षीय रेहान मियाँ, वीरगन्ज महानगपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र मकवानपुरको बकैया गाउँपालिका– १ की २१ वर्षीया सुस्मिता स्याङ्तान छिन् ।

हत्याको घटनाबारे अनुसन्धान गर्न बनेको समितिका प्रमुख समेत रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले पक्राउ परेकामध्ये रेहान र महोरम हतियार व्यवस्थापनमा संलग्न रहेको जानकारी दिए ।

एसएसपी भट्टराईका अनुसार सुस्मिता लाल मोहम्मदको रेकीको जिम्मेवारीमा थिइन् । उनले एक महिनादेखि लाल मोहम्मदका हरेक घटनाको निगरानी गरी सूचना प्रवाह गरेको अनुसन्धानबाट खुलेको भट्टराईले जानकारी दिएका छन् । लाल मोहम्मदमाथि गोली प्रहार गर्ने भने अहिलेसम्म फरार छन् ।

सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको ४ असोजमा गोली प्रहार गरी हत्या भएको थियो । शरीरका विभिन्न अंगमा चार गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो ।

गोठाटारस्थित व्यस्त सडकमा बा.६ च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले गोली प्रहार गरेका थिए । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी–लखेटी गोली प्रहार गरेका थिए । परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीं छाडेर भागेका थिए । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP