सोमबार , जेठ २७, २०८२

सिरहा । सिराहामा दशैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । सिरहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो ।

सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका– ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बजारमा मोबाइलको रिचार्ज किनेर कामतीले दिएको हजार दरको नोट नक्कली जस्तो लागेर पसलेले अर्को नोट मागेपछि अर्को पनि त्यस्तै देखिएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

सो रकम स्थानीय एक सहकारीबाट कामतीले निकालेको प्रहरीलाई बताएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट एक वर्षअघि घर फर्केका कामती खेती किसानी गर्दै अएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP