मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । साझा यातायातको ३७ वटा बिजुली बस आउँदो १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएको छ । साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ । यो पहिलो चरणको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो ।

साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली बसले कोदारी हुँदै न्यान्जिङ–काठमाडौं यात्रा सुरु गरेका छन् । ’साझा यातायातका ३७ बिजुली बस यसपाली केरुङ नाकाबाट ल्याउन लागिएको हो,’ उनले भने, ‘अबको १० दिनभित्र ती बसहरु नेपाली नाकामा आइपुग्नेछ । यसभन्दा अघि ३ वटा बिजुली बस तातोपानी नाकाबाट ल्याइएको थियो । ती बस नाका आइपुग्न ७÷८ दिन लागेको थियो ।’

त्यसपछि काठमाडौं आइपुग्न सबै बसहरुलाई एक सातादेखि १० दिन लाग्ने भएकाले तिहारपछि उक्त बसहरु काठमाडौं आइपुग्ने पाण्डेले जानकारी दिए । उनका अनुसार ती बस काठमाडौं आइपुगेपछि टेस्ट गर्न एक महिनाको समयावधि भए पुग्छ ।

सम्झौता अनुसार कम्पनीले उक्त सबै बसहरु काठमाडौं ल्याएर साझालाई जिम्मा लगाउनु पर्दछ। साथै कम्पनीले १८ वटा चार्जिङ स्टेसनहरु पनि ल्याएको पाण्डेले बता ए। यसैगरी उक्त कम्पनीले चार्जिङको लागि वायरहरु सबै सेट गर्ने काम पनि कम्पनीको जिम्मा रहेको उनको भनाइ छ ।

साझाले प्रति बस १ करोड ५० लाख रुपैयाँमा खरिद गरेको हो । यस्तै कम्पनीले पहिलो लटमा ४० वटा विद्युतीय बसहरु ल्याउनुपर्ने सम्झौता अनुसार यी बसहरु ल्याउन लागिएको हो । सरकारले साझालाई ३०० वटा विद्युतीय बस ल्याउन तीन अर्ब रुपैयाँ दिएको छ ।

काठमाडौं उपत्यकाका लागि ४० वटा विद्युतीय बसको आपूर्ति, डेलिभरी र मर्मत सम्भारका लागि चीनको सीएचटीसी (नान्जिङ) अटोमोबाइल कम्पनीसँग साझाले सम्झौता गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP