आइतबार , असार १, २०८२

काठमाडौँ । प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन छोटिंदै गइरहेका बेला ठूला दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको छ । चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र एकातिर समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतर समूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ । माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा विवाद देखिएको छ भने प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन ।

सत्ता गठबन्धनकै दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । गठबन्धनभित्र सिट संख्या बाँडफाँटको कुरा नमिल्दा पनि सत्तारुढ दलहरुलाई आन्तरिक रुपमा उम्मेदवार टुङ्गो लगाउन समस्या भएको हो ।

गठबन्धनको हिजो निर्णायक भनिएको बैठकमा पनि सिट बाँडफाँटमा कुरा मिल्न सकेन । कार्यदलमा सहमति नभएपछि अब शीर्ष नेताहरुले लेनदेन गरेर मिलाउने तयारी भएको छ । कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमति हुन लागेको भनिए पनि कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । एमालेले पर्सि आइतवारसम्ममा प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आएकोे छ । एमालेको हिजो बसेको सचिवालय बैठकमा उम्मेदवारको विषयमा प्रारम्भिक छलफल भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले परामर्श गरेपछि मात्रै उम्मेदवारको नामावली टुङ्ग्याउने एमालेको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP