आइतबार , भाद्र १४, २०८३

काठमाडौं । अहिले देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस र बागमती प्रदेशलगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश-१, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP