सोमबार , जेठ २७, २०८२

बुटवल । बुटवल उपमहानगरपालिकाले खुल्ला रुपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दुधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेशिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।

यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध बिक्रेता, किसान लगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।

रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेश प्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरु कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहनुभएको छ भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख रहनुभएको छ ।
बैठकले दुधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP