सोमबार , जेठ २७, २०८२

काठमाडौँ । भारतले पहिलो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गए राति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १०७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । भारतका केएल राहुलले अविजित ५१ रन र सूर्यकुमार यादवले पनि अविजित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराजले ४१ रन बनाए ।

त्यस्तै एडिन माक्र्रम २५ तथा वायने प्रनिलले २४ रन जोडे । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी-२० आइतवार तथा तेस्रो खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP