मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । भारतले पहिलो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गए राति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १०७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । भारतका केएल राहुलले अविजित ५१ रन र सूर्यकुमार यादवले पनि अविजित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराजले ४१ रन बनाए ।

त्यस्तै एडिन माक्र्रम २५ तथा वायने प्रनिलले २४ रन जोडे । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी-२० आइतवार तथा तेस्रो खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP