आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता आफ्नो पार्टीको नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै हुन् भन्ने कुरा उठिरहेको भन्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु गुड (सखर) र गोबरझैं भएको उल्लेख गरे । माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेसपासम्म आइपुगेका डा. भट्टराईले विवेकशिल साझाबाट राप्रपा प्रवेश गरेका मिश्रसँग आफ्नो तुलना भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘आज सामाजिक सञ्जालमा देखें-आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो’ भन्नेछ । गुड र गोबर हेर्दा त उस्तै उस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो । त्यसको आधारभूत कुरा केही पनि मिल्दैन,’ उनले भने ।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जात, भाषाअनुसार पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए । नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको उनको भनाइ छ ।

उनले भने, ‘यो संविधान आधा गिलास भरी र आधा खाली छ। नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई ध्यान दिँदै हामीले पूर्णरूपमा क्रान्ति पूरा गर्न नसकेको नै हो । सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर पूर्ण गर्न सकेनौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP