सोमबार , अषोज २६, २०८३

काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री बन्दैछ भनेर अफवाह फैलाइएको बताएका छन्। शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत गौतमले यस्ता भ्रामक समाचारहरूलाई विश्वास नगर्न सबैमा आग्रह समेत गरेका छन्।

आफ्नो चरित्र हत्या गर्ने समूहले केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने भन्दै भ्रामक समाचार लेखेको प्रति गौतमले आपत्ति जनाए। उनले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यस प्रकारको हल्ला चलाइएको दाबी गरे।

‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एक पटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ’, गौतमले लेखेका छन्, ‘मेरा सबै मित्रहरूलाई यस किसिमका भ्रामक समाचारहरूलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन भएपछि गौतम नेकपा एकता अभियानमा छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वमा एउटा र ओली नेतृत्वमा अर्को समूह बनेपछि गौतमले नेकपा एकता अभियान सुरु गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP