आइतबार , भाद्र १४, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । आज (बुधबार) रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे । उनले पार्टीमा रवीन्द्र मिश्रको अभाव खड्किरहेको बताएका छन् ।

आज (बुधबार) राष्ट्रिय सभा गृहमा आयोजित राप्रपा र मिश्र समूह नेतृत्वको बृहत ध्रुवीकरण पक्षधर बीच एकता घोषणा कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले भने, ‘विगतका दिनमा राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो । यो एकता कोशेढुंगा सावित हुन्छ । अब थप गतिका साथ अगाडि बढ्नु पर्छ ।’

उनले राप्रपाका लागि मात्र नभइ आम मानिसको खुशीका लागि मिश्र समूह र राप्रपाबीच एकता भएको दावी गरे । उनले पार्टीमा कुनै प्रकारको असहज महसुस गर्ने वातावरण हुन नदिने मिश्रलाई वचन दिए । आगामी निर्वाचनमा राप्रपाले धेरै सिट ल्याउने भन्दै त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

जनताले तीन दशदेखि प्रजातन्त्र, लोकतन्त्रका रुपमा लुट तन्त्रको मार खाइरहेको भन्दै सीमित व्यक्तिको मुठीमा रहेको देशलाई मुक्त गराउन योग्यता र सक्षम भएका व्यक्ति राप्रपामा आउन आग्रह गरे । उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्ना उम्मेदवार तयार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP