
भक्तपुर । आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । आफ्नै घरमा काम गर्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको उनले जनाए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।