मंगलबार , बैसाख २९, २०८३

सल्यान । सल्यानमा जीप दुर्घटनामा परी ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका-६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला छन् ।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका-६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप मंगलबार राति २ बजेतिर कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दिपेन्द्र केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ कै ३५ वर्षीय तिलक ओलीको अहिले दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिएका छन् । जीपमा सवार यात्रुहरु बिहे भोज खाएर फर्कंदै गरेको सूचना पाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले मृत्यु भएका सबैको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको जानकारी दिए । उनका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खोंचमा खसेको थियो । दशैंको समयमा जीप दुर्घटनामा परेर एकै गाउँका सात जनाले ज्यान गुमाएपछि अहिले कपुरकोट गाउँपालिका-६ जलबाङका स्थानीय शोकमा डुबेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP