सोमबार , अषोज २६, २०८३

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावसँग कोही डराउँछ भने उसले राजनीति छोडे हुने सुझाव दिएका छन्। शुक्रबार नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा देउवाले जहिले भए पनि चुनावका लागि पार्टी तयार हुनुपर्ने सुझाव दिए।

‘कि राजनीति छाडौँ कि चुनावको तयारीमा लागौं। २ वर्षपछि होस् कि अहिले होस् चुनाव भएरै छाड्छ। त्यसैले चुनावको तयारी गर्दैमा केही बिग्रदैन,’ उनले भने, ‘चुनावसित डराएर हुँदैन। संसद विघटन गराउन सक्ने प्रधानमन्त्रीले चुनाव पनि गराउन सक्नुपर्छ।’

चुनाव हुदैन भनेर धेरैथरी कुरा भएको उल्लेख गर्दै देउवाले गिरिजाप्रसाद कोइरालाको पालामा पनि यस्तै भएको तर चुनाव भइछाडेको बताए। ‘एक पल्ट यस्तै भएको थियो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रचण्डलाई पिस प्रोसेसमा ल्याएपछि। चुनावको घोषणा भयो,’ देउवाले भने, ‘कहाँ हुन्छ चुनाव ? कहाँ हुन्छ चुनाव ? भन्यो। मेरो जिल्लामा पनि चुनाव हुँदै हुँदैन भन्थ्यो। ए बाबा चुनाव हुन्छ हुन्छ भन्दा कसैले पत्याउँदैन थ्यो। अखिर चुनाव भइछाड्यो।’

उनले तयारी नगर्दा पहिले कांग्रेसको हालत खराब भएकोसमेत बताए। निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने देउवाको भनाई छ। उनले भने, ‘चुनाव हुँदैन हुँदैन भन्छन् भइदियो भने नि। त्यसैले तयार हुनुस्। ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ।’ उनले सर्वोच्च अदालतको सम्मान गर्नुपर्ने बताउँदै प्रतिनिधि सभा विघटनबारे कांग्रेसलाई जस्तो निर्णय आए पनि मान्य हुने स्पष्ट पारे।

देउवाले अहिले कम्युनिस्ट पार्टीमा ओलीविरुद्ध बोल्ने मेलो आए पनि प्रचण्डविरुद्ध भने अझै बोल्न सक्ने अवस्था नआएको बताए। आफूले निर्वाचन अघि कम्युनिस्ट सरकार आए रुन पनि नपाउने भनी राखेको भनाई स्मरण गर्दै यस्तो बताएका हुन्। ‘ओलीको खिलाफमा बोल्न सक्ने भयो बल्ल। प्रचण्डको खिलाफमा कोही बोल्न सक्छ अहिले?’ देउवाले प्रश्न गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP