मंगलबार , अषोज २७, २०८३

नेपाली हिन्दुहरुकाे महान चाड विजया दशमीकाे आगमन संगै विदेशमा पनि दशैकाे रमझमले छाेई सकेकाे छ। उच्च शिक्षाका लागि साथै उच्च काेटिकाे आम्दानी काे सपना बाेकेर विदेश आएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई पनि दशै लागि सकेकाे छ।

यसै गरि अष्ट्रेलियाकाे नर्दन टेराेटाेरी, डार्बिनमा बसाेबस गर्ने प्रवासी नेपालीहरुकाे छाता संगठन NANT ले पनि यहाँ बसाेबास गर्ने नेपालीहरुका लागी दशै रमाईलाे हाेस भन्ने हेतुले दशैलाई बिशेष बनाउन बभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे छ। यसै सन्दर्भ पारेर यहि अक्टोबर १ तारिकका दिन साँझ ५ बजे देखि राती ११ बजे सम्म फिलिपिनाे हल मरारामा, दुर्गा भजन किर्तन, लाेकगित, नृत्य तथा विभिन्न नेपाली सस्कृती झल्किने कार्यक्रम सहित अझ बिशेष मनाेरञ्जन प्रदान गर्न नेपालवाट चर्चित बैण्ड The Axe Band काे समेत प्रस्तुति रहने छ।

डार्बिनमा बिगतमा भएका सबै कार्यक्रमलाई बिर्साउने खालकाे अति रमाईलाे कार्यक्रम हुने आयाेजक NANT का अध्यक्ष आशिष कट्टेलले बताउनु भयाे। दसैँ फेस्टिबल नाम दिईएकाे उक्त कार्यक्रममा सहभागी हुनका लागि अर्थात भरपुर मनाेरञ्जन लिनका लागि निश्चित प्रवेश शुल्क ताेकिएकाे छ, जस्मा NANT आजिवन सदस्यका लागि $10/= साधरण सदस्यलाई-$15/= विद्यार्थीका लागि $10/= र अभिभावक र बच्चालाई प्रवेश निशुल्क गरिएको कुरा NANT कि कार्यसमिति सदस्य कल्पना पाण्डेले बताउनु भयाे। धेरै भन्दा धेरै नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरुलाई यसपालिको दशै फेस्टिबल न छुटाउन समेत आायाेजक टिमले हार्दिक अनुरोध गरेकाे छ भने कार्यक्रमलाई NRNA- NT काे समेत पुर्ण सहयाेग रहेकाे कुरा NANT का सचिव हरी शर्मा (आकाश )ले जानकारी दिनुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP