
यसै गरि अष्ट्रेलियाकाे नर्दन टेराेटाेरी, डार्बिनमा बसाेबस गर्ने प्रवासी नेपालीहरुकाे छाता संगठन NANT ले पनि यहाँ बसाेबास गर्ने नेपालीहरुका लागी दशै रमाईलाे हाेस भन्ने हेतुले दशैलाई बिशेष बनाउन बभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे छ। यसै सन्दर्भ पारेर यहि अक्टोबर १ तारिकका दिन साँझ ५ बजे देखि राती ११ बजे सम्म फिलिपिनाे हल मरारामा, दुर्गा भजन किर्तन, लाेकगित, नृत्य तथा विभिन्न नेपाली सस्कृती झल्किने कार्यक्रम सहित अझ बिशेष मनाेरञ्जन प्रदान गर्न नेपालवाट चर्चित बैण्ड The Axe Band काे समेत प्रस्तुति रहने छ।
डार्बिनमा बिगतमा भएका सबै कार्यक्रमलाई बिर्साउने खालकाे अति रमाईलाे कार्यक्रम हुने आयाेजक NANT का अध्यक्ष आशिष कट्टेलले बताउनु भयाे। दसैँ फेस्टिबल नाम दिईएकाे उक्त कार्यक्रममा सहभागी हुनका लागि अर्थात भरपुर मनाेरञ्जन लिनका लागि निश्चित प्रवेश शुल्क ताेकिएकाे छ, जस्मा NANT आजिवन सदस्यका लागि $10/= साधरण सदस्यलाई-$15/= विद्यार्थीका लागि $10/= र अभिभावक र बच्चालाई प्रवेश निशुल्क गरिएको कुरा NANT कि कार्यसमिति सदस्य कल्पना पाण्डेले बताउनु भयाे। धेरै भन्दा धेरै नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरुलाई यसपालिको दशै फेस्टिबल न छुटाउन समेत आायाेजक टिमले हार्दिक अनुरोध गरेकाे छ भने कार्यक्रमलाई NRNA- NT काे समेत पुर्ण सहयाेग रहेकाे कुरा NANT का सचिव हरी शर्मा (आकाश )ले जानकारी दिनुभयाे।