
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता बुधबार (भोलि) देखि लगाउने निर्णय गरेको छ ।
आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकणर्मणि दुवाडीले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन् ।
‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’ ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो’, उनले भने । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते हुँदैछ ।