आइतबार , भाद्र १४, २०८३

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता बुधबार (भोलि) देखि लगाउने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकणर्मणि दुवाडीले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन् ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’ ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो’, उनले भने । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP