सोमबार , अषोज २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले समयावधि नसकिंदै प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश संरचनाको अपमान गरेको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ प्रेस बिज्ञप्ति प्रकाशित गरेर सरकारको प्रदेश २ का प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ ।

शर्माले प्रकाशित गरेको बिज्ञप्तिमा निर्वाचनको घोषणा गर्ने तर दलको विबाद निरुपण नगर्न आयोगलाई दवाव दिने कार्य गरेको आरोप लगाईएको छ । निर्वाचनको घोषणा गरेकै सरकारले बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले गलत र आपत्तिजनक भएको बिज्ञप्तिमा उल्लेख छ ।

शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश २ मा सरकारले गरेको बर्खास्त र नियुक्तको कडा विरोध जनाउँदै स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP