शनिबार , बैसाख ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले समयावधि नसकिंदै प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश संरचनाको अपमान गरेको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ प्रेस बिज्ञप्ति प्रकाशित गरेर सरकारको प्रदेश २ का प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ ।

शर्माले प्रकाशित गरेको बिज्ञप्तिमा निर्वाचनको घोषणा गर्ने तर दलको विबाद निरुपण नगर्न आयोगलाई दवाव दिने कार्य गरेको आरोप लगाईएको छ । निर्वाचनको घोषणा गरेकै सरकारले बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले गलत र आपत्तिजनक भएको बिज्ञप्तिमा उल्लेख छ ।

शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश २ मा सरकारले गरेको बर्खास्त र नियुक्तको कडा विरोध जनाउँदै स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP