मंगलबार , बैसाख २९, २०८३

मस्को । मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । इज्हेभ्स्क शहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मारिनेमा ७ जना विद्यार्थीहरू रहेका छन् ।

घटनामा आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ । हालसम्म घटनाको कारण खुल्न सकेको छ । उद्धारकर्ताहरू घटनास्थलमा पुगिसकेका छन् । रुसी मिडियाले स्कुलको भवनभित्रको भिडियो सार्वजनिक गरेका छन् जहाँ विद्यार्थीहरू आत्तिएको देख्न सकिन्छ । केही भिडियोमा कक्षाकोठाको भुइँमा रगत र सिसामा गोलीको दुलो लगायत देख्न सकिन्छ ।

मारिने अन्यमा दुई जना शिक्षक र दुई जना सेक्युरिटी गार्डसमेत रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन् । विद्यालय भवनलाई अहिले खाली गरिएको छ । स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन् । एक भिडियोमा सम्भावित आक्रमणकारी नाजीको सङ्केत भएको टिसर्ट लगाएर भुइँमा मृत देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP