आइतबार , भाद्र १४, २०८३

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने बताएका छन् ।
आज (सोमबार) सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य-मुख्य पर्यटकीयस्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने उनको भनाइ थियो । ‘स्वतन्त्रहरूले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरूको क्षमता बाहिर ल्याएका छन् । त्यो ठीक छ । तर, अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन । राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र पार्टीभित्र युवाहरूले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्नेमा जोड दिए । सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्न सके मात्रै देशमा पर्यटनको विकास हुन सक्ने जिकिर गरे । सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासका लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP