मंगलबार , बैसाख २९, २०८३

जनकपुर । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक्षाका प्रयोजनको लागि २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक तिमल्सिनाले सप्तरीमा ३ हजार दुई सय ७८, सिरहामा दुई हजार आठ सय नौ, धनुषामा तीन हजार चारसय ८६, महोत्तरीमा दुई हजार आठ सय एक म्यादी प्रहरी खटाइने जनाए । त्यस्तै सर्लाहीमा तीन हजार तीन सय सात, रौतहटमा दुई हजार नौ सय ३९, बारामा तीन हजार एक सय ४४ र पर्सामा दुई हजार सात म्यादी प्रहरी खटाइने छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्नाको लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लामा ११ हजार आठ सय २७ महिला र ५५ हजार ५७ पुरुषको दरखास्त परेको थियो ।

प्रवक्ता तिमिल्सिनाले भने, ‘गत स्थानीय तह निर्वाचनमा खटिसकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ, पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन् ।’ उनले त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्ने बताए । आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ ।

#म्यादी प्रहरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP