शुक्रबार , भाद्र १२, २०८३

७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दाङमा ९ वर्षअघि भएको एक ज्यान मार्ने घटनामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका चार जनालाई आम माफी दिएकी छन्।
मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५९ अनुसार उनीहरुलाई आम माफी दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रपतिले उनीहरुलाई आममाफी दिएकी हुन्। त्यसअघि उनीहरुले राष्ट्रपतिलाई आममाफीका लागि निवेदन दिएका थिए। तीमध्ये एक जना २०७५ फागुनमा पक्राउ परेर जेल सजाय भुक्तान गरिरहेका थिए।

aawash steels
२०६६ चैत २५ गते भएको घटनामा धनबहादुर हमालको जाहेरीले ९ जना पक्राउ परेका थिए। तीमध्ये कालुराम चौधरी नामका दुईजना, मधुर परियार र सुनिल चौधरीलाई सर्वोच्च अदालतले २०७४ फागुन २७ गते जन्मकैद सजाय सदर गरेको थियो।

उक्त घटनामा सजाय पाएर दाङको तुलसीपुर जेलमा रहेका चारजना शुक्रबार छुटेका छन्। काठमाडौंको केन्द्रीय कारागारमा रहेका अर्का एकजना पनि छुटेका छन्। कालुराम चौधरी नामका दुवै जनालाई जन्मकैद सजाय सुनाइएको थियो।

super kinetic courier
तीमध्ये एक जना केन्द्रीय कारागारमा थिए। उनी दुई वर्षअघि मात्र पक्राउ परेका हुन्। मधुर २०६७ मंसिर, कालुराम २०७० कात्तिक,सुनिल २०६९ भदौयता जेलमा थिए। त्यही घटनामा तीन वर्ष कैद भएका युवराज केसी २०७६ साउनमा पक्राउ परेका हुन्।

मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५९ अनुसार १५ जनाले बुधबार सजाय माफी पाएका छन्।

यीमध्ये ७ जना जेल बाहिर थिए। भष्ट्रचार, यातना, जबर्जस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले नियन्त्रणमा लिइ ज्यान मारेको, जाति हत्या, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा बेपत्ता, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धिकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागु औषधको ओसारपसार वा कारोबारका दोषीलाई भने यसरी आम माफी दिन नमिल्ने कानुनी व्यवस्था छ।

फौजदारी कसुर निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार शुक्रबार ५ सय ८० जना कैदीलाई राष्ट्रपतीले सजाय माफी दिएकी छिन्। कम्तिमा ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरु सजाय माफीका लागि योग्य हुने उक्त ऐनमा व्यवस्था छ।

कारागार विभागका अनुसार कर्तव्य ज्यानका २ सय ६१, सवारी ज्यानका १ सय २०, बहु विवाहका ८४ सहितका कैदीले बाँकी सजाय माफी पाएर छुटेका हुन्।

कर्तव्य ज्यान मुद्दामा बाँकी सजाय माफी पाउने कैदीमा एक सय ७९ जना जन्मकैद सजाय पाएका कैदी छन्। उनीहरुमध्ये ३२ जना घटना हुँदाका बेला बालबालिका भएका आधारमा छुटेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP