मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । विपद्का घटनाले पछिल्लो करिव साढे ६ महिनाको अवधिमा नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज ९ गतेसम्मको अवधिमा देशभर भएका १,८०४ वटा विपद्का घटनाबाट उक्त क्षति भएको हो ।

सो अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, जनावर आक्रमण र वन डढेंलोबाट १ अर्ब ४४ लाख ७० हजार ९३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणरले जनाएको छ । यस वर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको करिव साढे ६ महिनामा ८३ करोड १९ लाख १,१६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्राधिकरणका अनुसार यसवर्ष पहिरोबाट ८ करोड ५५ लाख ५८ हजार ७०० रुपैयाँ, बाढीबाट १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३४ लाख ९२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ७७ लाख ४५ हजार १७५ रुपैयाँ र हुरीबतासबाट २ करोड ५४ लाख ११ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

यस्तै, जनावरको आक्रमणबाट ३९ लाख ५ हजार १०० रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक भएको प्राधिकरणले जनाएको छ । गत वर्ष (२०७८) को सोही अवधिमा विपद्का घटनाले नेपालमा १ अर्ब १ करोड ७६ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । विपद्का घटनाबाट यसवर्ष २२१ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP