मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर् ‘प्रेमगीत–३’ले नेपालमा सुरुवाती दुई दिनमा (शुक्रबार र शनिबार) उत्कृष्ट ब्यापार गरेको छ । फिल्मले दुई दिनमा नै ४ करोड २५ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्न सफल भएको छ ।

निर्माण पक्षका अनुसार घरेलु बक्स अफिसमा ‘प्रेमगीत–३’ शुक्रबार २ करोड ५ लाख र शनिबार २ करोड २० लाख बढीको कलेक्शन गरेको हो । अब भोलि सोमबारबाट यस फिल्मको हिन्दी भर्सनपनि नेपाली दर्शकहरुले हेर्न पाउने भएका छन् ।

निर्माण पक्षले गत शुक्रबारबाट नेपाली र हिन्दी दुवै भर्सन एकसाथ प्रदर्शन गर्ने तयारी गरेको भएतापनि प्राविधिक कारण हिन्दी भर्सन रिलिज हुन सकेको थिएन । तर, अब भोलि सोमबारबाट भने नेपाली दर्शकहरुले नेपाली र हिन्दी दुवै भर्सन आफ्नो इच्छानुसार हेर्न पाउने भएका छन् । साथै, बक्स अफिस कलेक्शनमा पनि अझ सुधार हुने आँकलन गरिएको छ ।

त्यस्तै, फिल्मको हिन्दी संस्करणले छिमेकी राष्ट्र भारतमा दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ गरेको हो । ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको यस फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमाएको छ ।

निर्माण पक्षका अनुसार ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको छ । योसँगै दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली दुवै भर्सनले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ ।

शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो । फिल्मलाई निर्माता सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेनलगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP