शनिबार , जेठ २५, २०८२

काठमाडौं । विभिन्न विवाद र रस्साकस्सीपछि सन्तोष सेनको ‘प्रेमगीत–३’को हिन्दी भर्सन अन्ततः भोलि (सोमबार)देखि नेपालमा प्रदर्शन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको हो ।

फिल्मका निर्माताले सेन्सर सिफारिसको पत्रसमेत बुझिसकेका छन् । फिल्मको सेन्सर आइतबार (आज) अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको बताइएको छ ।

सेन्सरपछि आजै बेलुकादेखि प्रेमगीत ३ हिन्दीको बुकिङ पनि खुलाउने तयारी गरिएको छ । ‘प्रेमगीत–३’ को हिन्दी भर्सन पनि नेपाली फिल्मसरह प्रदर्शन हुने निर्माण टिमको भनाइ छ । अब फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले यस अगाडि नै ‘प्रेमगीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली फिल्मकै मान्यता दिइसकेको छ । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको यस फिल्मले छिमेकी राष्ट भारत र नेपालमा राम्रो बक्सअफिस कलेक्शन गर्नुका साथै दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

फिल्मले भारतमा पहिलो दिन ९२ लाख भारु र नेपालमा एक करोड बढीको ब्यापार गरेको थियो । त्यस्तै फिल्मले वल्र्डवाइड साढे चार करोड बढीको ब्यापार गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP