मंगलबार , असार २३, २०८३

काठमाडौं । विभिन्न विवाद र रस्साकस्सीपछि सन्तोष सेनको ‘प्रेमगीत–३’को हिन्दी भर्सन अन्ततः भोलि (सोमबार)देखि नेपालमा प्रदर्शन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको हो ।

फिल्मका निर्माताले सेन्सर सिफारिसको पत्रसमेत बुझिसकेका छन् । फिल्मको सेन्सर आइतबार (आज) अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको बताइएको छ ।

सेन्सरपछि आजै बेलुकादेखि प्रेमगीत ३ हिन्दीको बुकिङ पनि खुलाउने तयारी गरिएको छ । ‘प्रेमगीत–३’ को हिन्दी भर्सन पनि नेपाली फिल्मसरह प्रदर्शन हुने निर्माण टिमको भनाइ छ । अब फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले यस अगाडि नै ‘प्रेमगीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली फिल्मकै मान्यता दिइसकेको छ । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको यस फिल्मले छिमेकी राष्ट भारत र नेपालमा राम्रो बक्सअफिस कलेक्शन गर्नुका साथै दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

फिल्मले भारतमा पहिलो दिन ९२ लाख भारु र नेपालमा एक करोड बढीको ब्यापार गरेको थियो । त्यस्तै फिल्मले वल्र्डवाइड साढे चार करोड बढीको ब्यापार गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP