मंगलबार , बैसाख २९, २०८३

भैरहवा । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए । उनले भने, ‘दुई पटक टेन्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन् । अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ ।’ प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो । कम्पनीले पाँच वर्षको करिब रु ५७ करोड बुझाउनु पर्छ । अहिले विमानस्थलको टर्मिनलमा बैंकका आउटलेट मात्रै छ ।

टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले टर्मिनल भवनमा सञ्चालित आउटलेट व्यवस्थापन लिनेछ । प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाइ पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मक रुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP