सोमबार , जेठ २७, २०८२

महोत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ ।

महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।

वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।’ राजालाई अर्बौ रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले आरोप लगाए ।

यो व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसको संरक्षणकर्ता पनि नेताहरू रहेको बताए । ‘सामान्य जागीर खानका लागि घुस खुवाउनु पर्छ, समाजले पनि घुस्याहलाई राम्रो मान्छ’, उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

संघ र स्थानीय सरकारलाई सशंक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनको सुझाब छ । वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे । देशलाई घात गर्न नेताहरूले केही बाँकी नराखेको बताउँदै अध्यक्ष लिङ्देनले भने, ‘यिनीहरूले स्वास्नी मान्छेलाई लोग्ने र लोग्ने मान्छेलाई स्वास्नी बनाउन सक्दैनन् । बाँकी जे पनि गर्छन र गरिसके ।’

नेपाली राजनीतिको तीन दशकलाई सम्झदै नेपाली जनताले सबै दललाई अवसर दिए पनि नेताहरूले पैसा कमाउने थलो मात्र बनाएको उनको टिप्पणी छ । शेरबहादुर देउवा ६ पटकसम्म प्रधानमन्त्री भएको उदाहरण दिँदै परिवर्तनको नाममा केही पनि नभएको अध्यक्ष लिङ्देनको भनाइ छ । ३० वर्षमा इजरायल जस्ता देशले निकै ठूलो फड्को मारेको बताउँदै उनले भने, ‘कृषिमा दुई प्रतिशत भू-भाग भएका देशले निर्यात गर्छन् । तर ८० प्रतिशत भू-भाग भएको हाम्रो देशले आयात गर्छ यो भन्दा लाजमर्दो के पो हुन सक्छ र ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP