शनिबार , जेठ ११, २०८२

विराटनगर । प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतन्छामा वि.सं. २०३५ वैशाख १ गते जन्मिएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारामा बस्दै आएका छन् ।

मुख्यन्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका हुन् । २० वर्षदेखि कानुन व्यसायीको रुपमा काम गरिसकेका राईले एमएलसम्मको अध्ययन गरेका छन् । खोटाङको साकेला गाउँपालिका-२ स्थायी घर भएका राई नेकपा एस निकट कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु