मंगलबार , बैसाख २९, २०८३

विराटनगर । प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतन्छामा वि.सं. २०३५ वैशाख १ गते जन्मिएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारामा बस्दै आएका छन् ।

मुख्यन्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका हुन् । २० वर्षदेखि कानुन व्यसायीको रुपमा काम गरिसकेका राईले एमएलसम्मको अध्ययन गरेका छन् । खोटाङको साकेला गाउँपालिका-२ स्थायी घर भएका राई नेकपा एस निकट कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP