मंगलबार , बैसाख २९, २०८३

बीबीसी । अभिभावकहरुले ससाना बालबालिकाको खानामा चिनीको मात्रा एकदम कम गर्नुपर्ने र गुलियो बढी खाने बानीबाट जोगाउन धेरै सागसब्जी खुवाउनुपर्ने बालस्वास्थ्य विद्हरुले बताएका छन् ।

विशेषगरी दुई वर्ष मुनिका शिशुहरुलाई खुवाइने पाउडर युक्त खानामा ‘नो एडेड सुगर’ लेखिएको भएपनि तिनमा मह र फलफुलको रसबाट अधिक चिनीयुक्त पदार्थ हुने गरेको बाल स्वास्थ्य सम्बन्धी नयाँ रिपोर्टमा उल्लेख गरिएको छ ।
यस्तोमा अभिभावकले बालबालिकालाई तितो स्वादका खानेकुरा पनि बेलाबेलामा खुवाउने गर्नुपर्ने रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थले जनाएको छ ।

यसले उनीहरुमा गुलियो मात्र खान खोज्ने बानी विकास हुन नदिने, डायटमा सुधार ल्याउने र मोटोपना लगायत समस्याबाट जोगाइ स्वस्थ राख्ने रिपोर्टमा बताइएको हो । यसरी बालबालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउन यो तरिका अत्यन्तै उपयोगी हुने बताइएको छ । यसअघि बेलायतमा ससाना शिशुहरुको खानामा चिनीको मात्रा सिमित गर्नकै लागि कानुन निर्धारित गरिनुपर्ने प्रस्ताव अघि सारिएको थियो ।

यो नयाँ रिपोर्टका अनुसार भने २ वर्ष भन्दा कम उमेरका बालबालिकालाई चिनीयुक्त पेय पदार्थ खुवाउनु हुँदैन र प्राकृतिक रुपमा ताजा फलफुलमार्फत मात्र चिनी सेवन गराउनुपर्दछ । रोयल कलेजकी न्युट्रिसन विद् प्रोफेसर म्यारी फ्युट्रेल भन्छिन्, ‘बालबालिकाको दाँत र शरीरको ऊर्जा प्रणालीमा कम असर पार्न चिनीको मात्रा कम गराउन आवश्यक छ ।’

उनका अनुसार बच्चाहरुले गुलियो कुरा खान खोजेपनि अभिभावकले नियन्त्रण गर्ने गर्नुपर्छ र हामीले खान दिने हो भने शिशुहरु थरीथरीको स्वाद चाख्न प्रायः तयार हुन्छन् । तिनका लागि नयाँ स्वाद उत्साहजनक हुन्छ र स्वास्थ्यका हिसाबले पनि त्यो महत्वपूणर् मानिन्छ । त्यसैले सानै उमेरदेखि बच्चाहरुलाई ब्रोकाउली, साग जस्ता सब्जी खुवाउने गर्नुपर्ने उनले बताइन् । त्यसैले सबै अभिभावकहरु बच्चामा चिनीको प्रभावबारे जानकार रहनुपर्ने उनको भनाइ छ ।

अत्याधिक चिनी दाँत बिग्रनुको प्रमुख कारण रहँदै आएको छ र पाँच वर्षका एक चौथाइ भन्दा बढी बालबालिकामा यसको समस्या हुने गरेको छ । वास्तवमा चिनीले दुई वर्ष वा सो भन्दा माथिका बालबालिकालाई दैनिक पाँच प्रतिशत भन्दा धेरै ऊर्जा दिँदैन र त्यो भन्दा कम उमेरकालाई समेत फाइदा गराउँदैन । तरपनि हामीले उनीहरुलाई सिमित भन्दा दुई गुणा बढी चिनी सेवन गराइरहेका हुन्छौँ जसलाई स्वास्थ्यका हिसाबले राम्रो मानिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP