आइतबार , भाद्र १४, २०८३

भक्तपुर । पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्यले अभिनेत्री मनिषा कोइरालाले आफूलाई उनको फोटो खिच्न दिने स्वीकृति दिएपछि खुशी भएको अनुभब सुनाएका छन् । पहिला पहिला सेलिब्रेटिको फोटो खिच्न पनि अनुमति लिनुपर्ने अनुभव सुनाउँदै मनिषाका पिता प्रकाशमार्फत् आफूले मनिषाको फोटो खिच्न अनुमति पाएको स्मरण गरे ।

भक्तपुरेन्स इन फोटोग्राफी नामक सामाजिक सञ्जालको समूहले शनिबार आयोजना गरेको अनुभब आदानप्रदान कार्यक्रममा मीनले आफूले पहिलो पटक सन् १९८७ मा तत्कालिन द कमनर पत्रिकाबाट फोटो पत्रकारिताको यात्रा थालेको बताए । २०४६ सालको जनआन्दोलनको फोटोबाट चर्चित बनेको उनले बताए । उनले आफूले एउटा फोटोको मूल्य पनि सयौं डलरसम्म पनि पाएको अनुभब सुनाए । पहिला पहिला फोटो खिचेर स्टोरी बन्ने गरेको धेरै अनुभब पनि उनले सुनाए ।

भक्तपुरमा एक जना पुराना र एक जना नयाँ गरी दुई जना फोटो पत्रकारहरुको आ-आफनो फोटो पत्रकारिताको यात्रा अनुभब साटासाट कार्यक्रममा पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्य र नयाँ युवा जोशका फोटो पत्रकार अमित मचामसी गरी दुईजनाले आ-आफनो फोटो पत्रकारिताको यात्राबारे अनुभब आदानप्रदान गरेका थिए ।

फोटो पत्रकारितामा सक्रिय नयाँ फोटो पत्रकार अमितले फोटो पत्रकारिता महँगो पेशा भएको बताउँछन् । एउटै क्यामेराको लाखौं खर्च लाग्ने भई यो पेशा महँगो पेशा महँगो हुने गरेको उनको भनाइ थियो । आयोजक भक्तपुरेन्स इन फोटोग्राफीका सुदीप सुवालले नयाँ र पुराना फोटो पत्रकारलाई एकै ठाउँमा राखेर विगतदेखि वर्तमानसम्मको फोटोग्राफीको अवस्थाबारे छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP