मंगलबार , बैसाख २९, २०८३

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारसँग संघर्ष चलिरहेकै समयमा सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका फेसबुक प्रयोगकर्तालाई फेसबुकमा समाचार राख्न वा हेर्न बन्देज गरेको छ ।

अस्ट्रेलियन नागरिकहरु बिहानै उठ्ने बित्तिकै थाहा पाए की उनीहरुले फेसबुकमा समाचार हेर्नबाट रोक लगाइएको छ भने समाचार संस्थाहरुले आफ्नो फेसबुक पेजमा समाचार साट्न वा राख्न बाट बञ्चित भएका छन् ।

बिबादकाे जड

अस्ट्रेलियाको संघीय सरकारले अस्ट्रेलियाका समाचार संस्थाहरुले आफ्ना समाचार फेसबुकमा राखेबापत सामाजिक सञ्जाल फेसबुक कम्पनीबाट रकमका लागि मोलमोलाई गर्न पाउने कानूनको प्रस्ताव गरेपछि फेसबुकले सो कदम चालेको जनाएको छ ।

त्यतिमात्र नभएर विदेशमा रहेका व्यक्तिले समेत अस्ट्रेलियाको समाचार फेसबुकमा राख्न पाउने छैनन ।

फेसबुककाे तर्क

अस्ट्रेलियाका कोषाध्यक्ष जोस फ्रायडेनवर्गले ट्वीट गर्दै आफूले फेसबुकका प्रमुख मार्क जुकरवर्गसँग सकारात्मक छलफल भएको बताए भने संचारमन्त्री पल फ्लेचरले फेसबुकमाथि कस्तो असर गर्ने भन्नेबारे उसले गम्भिर भएर सोच्नुपर्ने प्रतिक्रिया दिए ।

फेसबुकका अनुसार प्रस्तावित कानूनले फेसबुक र समाचार प्रकाशकबीचको सम्बन्धलाई गलत तरिकाले बुझेको छ । त्यसैले आफूहरु कानूनको अधिनमा रहने वा समाचार राख्नबाट रोक लगाउने अवस्थामा पुगेको र पछिल्लो कदम चालेको समेत फेसबुकले जनाएको छ ।

नाईन र सेभेन वेस्ट मिडियाले समाचार राखे बापत गुगलसँग मिलियन डलर बराबरको सम्झौता गरेको एक दिन पछि नै फेसबुकले सो कदम चालेको बताइएको छ ।

“हामी बुझ्दछौ कि अधिकांशले सोध्नेछन् कि हामीले विपरित कदम चाल्यौ । हाम्रो उत्तर फरक छ किनभने आधारभूतरुपमा हाम्रो सम्बन्ध समाचारसँग फरक छ । तर गुगल सर्च समाचारसँग पारस्परिक रुपमा सम्बन्ध राख्छ र प्रकाशकले स्वयसेवीरुपमा समाचार प्रदान गर्दैन,” फेसबुकले आफ्नो विज्ञप्तीमा जनाएको छ ।

यता गुगलका एक प्रवक्ताले भने प्रविधिको क्षेत्रमा विभाजन बढ्दै गएको तथा प्रकाशक तथा अन्य व्यक्तिमा उसको साइट गुगलमा देखियोस वा नदेखियो भन्ने विकल्प रहेको जनाएका छन् ।

यता फेसबुकले भने आफूले महिनौदेखि फेसबुक र प्रकाशकबीचको सम्बन्धमा प्रकाशकको हित रहेको तर कानून भने ठिक विपरित रहेको जनाएको छ ।

फेसबुकका अनुसार गतवर्ष नै उनीहरुले ५.१ बिलियन डलर बराबरको निःशुल्क रेफरल प्रदान गरेको जसबाट अस्ट्रेलियाका प्रकाशकहरुलाई ४०७ मिलियन अस्ट्रेलियन डलर बचत भएको थियो । फेसबुकले जनाए अनुसार मानिसहरुले फेसबुकमा हेर्ने समाचारबाट फेसबुकले केवल चार प्रतिशत मात्र आम्दानी गरेको थियो ।

प्रधानमन्त्री मरिसनकाे प्रदिवाद 

प्रधानमन्त्री मरिसनकाेले फेसबुकमा पाेस्ट राख्दै उसकाे पछिल्लाे कदमकाे प्रदिवाद गरेका छन् ।

म फेसबुकलाई अस्ट्रेलिया सरकारको साथ रचनात्मक रुपमा काम गर्न प्रोत्साहित गर्दछु, किनकि गुगलले हालसालै राम्रो विश्वासका साथ प्रदर्शन गरेको छ।

प्रधानमन्त्री मरिसनकाेले भने,”बिगटेकले हाम्रो संसदलाई दवाव दिन खोज्दा हामी डराउँदैनौं किनकि यसले हाम्रो महत्त्वपूर्ण न्यूज मिडिया बार्गेनिंग कोडमा मतदान गर्दछ।”
https://www.facebook.com/scottmorrison4cook/posts/3992877800756593

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP