आइतबार , भाद्र १४, २०८३

काठमाडौं । मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निणर्य गरे पनि सत्ता गठबन्धन दलहरुले अझै सिट बाँडफाँटको टुङ्गो लगाउन सकेका छैनन् । महिनौंदेखि छलफल भइरहे पनि गठबन्धन दल सितादद्धट बाँडफाँटमा सहमति जुट्न असफल रहँदै आएका छन् ।

हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले जानकारी दिएका छन् । झण्डै १०० सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ ।

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन् भने आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट छ ।

गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेताहरू र सिट बाँडफाँट कार्यदलका सदस्यहरूबीच छलफल भएको थियो । हिजोको छलफल पनि टुङ्गोमा पुग्न नसकेपछि आज फेरि छलफल हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP