मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विभिन्न अवसरले पछ्याउने छन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिने छ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने छ सफल यात्राको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयी भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शत्रुहरू किनारा लाग्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चुनौती चिर्दै काम बनाउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । व्यापार, व्यवसायमा लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिने छ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभा, समारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा भने लिन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP