मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग देश बनाउने सामर्थ्य नरहेको बताएका छन् । उनले कसको नेतृत्वमा आगामी निर्वाचनमा जाने भनेर नेता चुन्न नसक्ने पाँच दलीय गठबन्धनसँग कुनै सामर्थ्य नरहेको बताएका छन् ।

उनले नेकपा एमालेसँग त्यो सामर्थ्य रहेको र भावी प्रधानमन्त्रीको रुपाम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको स्पष्ट पारे । ‘म सोध्न चाहन्छु- पाँच दलीय गठबन्धनको प्रधानमन्त्री को ? हामीले त केपी ओली भनेर घोषणा गरिसक्यौं,’ उनले भने, ‘जसले नेता चुन्न सक्दैन । त्यस्ताले देशको भविष्य बनाउने सामर्थ्य राख्दैन । हामीले नेता चुनेका छौं । देश बनाउने सामर्थ्य पनि हामी राख्छौं ।’

उनले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादु्र देउवा हो भन्दै प्रश्न गरे । ‘पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा हो भने मंसिर ४ गते हुने निर्वाचनमा केपी ओली र शेरबहादुर देउवाबीच जनमत संग्रह गरौं,’ उनले भने ।

उनले धेरै दलहरुका कारण ध्रवीकरण बढ्दै गएको बता ए। जति धेरै दल त्यति धेरे ध्रुवीकरण हुने भएकाले एमालेलाई ठूलो पार्टी बनाउन आग्रह गरे । ‘हामीले देखेका छौं । जति धेरै दल त्यति धेरै ध्रुवीकरणको खतरा हुन्छ । त्यसैले अब एमालेलाई ठूलो पार्टी बनाएर देशलाई समृद्ध बनाउनुपर्छ,’ उनले भने । उनले आकाश र समुन्द्रमा नेपालको पनि हक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अवधारणा ल्याएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP