आइतबार , भाद्र १४, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भएका पार्टी बुढा र एमाले भने युवा पार्टी भएको दाबी गरेका छन् ।

आज (शुक्रबार) युवा संघको कार्यक्रममा उनले नेकपा (एकीकृत समाजवादी) प्रति लक्षित गर्दै उनले एक वर्षअघि बनेको भए पनि बुढो पार्टी भएको टिप्पणी गरे ।

‘गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भए पनि आयु अनुसारका बुढा पार्टी हुन् । कसको आयु कति भन्ने कुरा बेग्लै हुन्छ । एमाले युवा पार्टी हो । पोहोर भदौतिर बनेको भए पनि कुनै कुनै पार्टी बुढो पार्टी हो’, ओलीले भने, ‘मंसिर ४ पछि हेर्नुहोला । टोपी निकालेर गालामा हात हुनेछ ।’

उनले एमालेसँग लड्नका लागि गठबन्धन बनाएर मात्रै आउनुपर्ने अवस्था रहेको बताए । उनले स्वतन्त्रहरूको समय क्षणिक भएको समेत दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP