मंगलबार , अषोज २७, २०८३

मेलबर्न अष्ट्रेलिया ।यो वर्षको दसैंको टीकाको उत्तम साइत असोज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कुन देशमा कति बजे टिका लगाउने भन्नेबारे बिहीबार साइत र समय निकालेको छ।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अष्ट्रेलियाका विभिन्न सहरमा बेग्लै बेग्लै समय टिकाको उत्तम साइत निकालेको छ । अष्ट्रेलियाको सिड्नीमा ५ अक्टोबर बुधबार बिहान १०ः४१ बजे, मेलबर्नमा ५ अक्टोबर बुधबार बिहान १०ः५५ बजे र ब्रिसबेनमा ५ अक्टोबर बुधबार बिहान ११ः५ बजे साइत र समय जुराएको छ।

यस्तै अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्वीजरल्याण्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभ साइत जुरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP