शनिबार , बैसाख ६, २०८२

मेलबर्न अष्ट्रेलिया ।यो वर्षको दसैंको टीकाको उत्तम साइत असोज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कुन देशमा कति बजे टिका लगाउने भन्नेबारे बिहीबार साइत र समय निकालेको छ।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अष्ट्रेलियाका विभिन्न सहरमा बेग्लै बेग्लै समय टिकाको उत्तम साइत निकालेको छ । अष्ट्रेलियाको सिड्नीमा ५ अक्टोबर बुधबार बिहान १०ः४१ बजे, मेलबर्नमा ५ अक्टोबर बुधबार बिहान १०ः५५ बजे र ब्रिसबेनमा ५ अक्टोबर बुधबार बिहान ११ः५ बजे साइत र समय जुराएको छ।

यस्तै अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्वीजरल्याण्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभ साइत जुरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP