मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ । नयाँ कार्यको योजना बन्ने छ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सानातिना समस्यामा अल्झनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरायसी कार्य अगाडि बढ्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । सफल यात्राको योग पनि छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP