मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाले चाडवाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ ।
चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।

सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ ।
‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात गरेका छौं, उहाँले भन्नुभयो-यी तीनवटा युनिट चाडपर्वभर निरन्तर बसपार्कमा रहनेछन् र आवश्यक समन्वय, सहकार्यको काम गर्नेछन् ।’
उहाँले चाडवाडमा यात्रुहरुको भीडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रुपमा औषधि छर्ने कामलाई पनि निरन्तर अघि बढाएको बताउनुभयो ।

कोभिड १९, डेंगु र अन्य स्वासप्रस्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरुलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP