आइतबार , बैसाख ७, २०८२

नाइजर । नाइजरको दक्षिण-पूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्’, आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले भने । यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ ।

यो एक क्षेत्र क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो । बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।

‘दाउरा खोज्न गएका अन्य १३ किसानलाई जिहादी समूहले बन्धक बनाइ राखेका छ भने ११ जनाको हत्या गरिएको छ’, दक्षिणपूर्वी नाइजरको सुरक्षा समस्याबारे नजिकबाट रिपोर्टिङ गर्ने जेउनेस डिफा (डिफा युथ) नामक स्थानीय समूहले फेसबुकमा उल्लेख गरेको छ । ‘यसबाहेक, आतङ्ककारीहरूले रिहा गरिएका दाउरा सङ्कलन गर्न गएका किसानहरूमध्ये एक जनामार्फत एक सन्देश पठाई स्थानीय बासिन्दाहरूलाई उनीहरूले काम गर्ने क्षेत्रमा अब बारम्बार नजान चेतावनी दिएका थिए’, समूहको पोस्टिमा भनिएको छ ।

चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै जिहादीहरूले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए । एक स्थानीय अधिकारीका अनुसार अगस्टको अन्त्यमा उनीहरूले स्थानीयलाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसहरूको हत्या गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्कको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजरमा सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ । नाइजेरियासँगको दक्षिणपूर्वी सीमामा पनि नाइजरले विद्रोहको सामना गरिरहेको छ । यो कुख्यात बोको हरामले सुरु गरेको अभियान हो । नाइजर, नाइजेरिया, क्यामरुन र चाडले सन् २०१५ मा बहुराष्ट्रिय संयुक्त कार्यदल (एमजेटीएफ) लाई पुनर्जीवित गरेका थिए । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP