मंगलबार , बैसाख २९, २०८३

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोट सडक ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो ।

दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन वर्षदेखि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । कोभिड-१९ का बेला भएको बन्दाबन्दीका बीचमा मानुङकोट ‘भाइरल’ नै भएको थियो । त्यतिबेला एकै दिनमा १० हजारभन्दा बढी पर्यटक मानुङकोट पुगेको तथ्याङ्क छ ।

विसं २०७५ साउन १७ गते सम्झौता भएर कालोपत्र थालिएकामा गत असार १५ गते कालोपत्र सम्पन्न भएको सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । रु सात करोड तीन लाखको लागतमा ४.६ किलोमिटर सडक कालोपत्र भएको हो । उक्त सडक खण्डमा ४.९ किलोमिटर नाली समेत निर्माण गरिएको छ । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । अझै दुई किलोमिटर सडकखण्ड कालोपत्र गर्न बाँकी छ ।

city
मानुङ पर्यटकीय मोटरमार्गका अध्यक्ष वीरबहादुर थापाले विसं २०५४ सालमा खनिएको सडक अहिले बल्ल कालोपत्र भएको बताए । ‘अझै पनि बाटो कालोपत्र पुरा भइसकेको छैन, ठाउँ ठाउँमा अझै कालोपत्र बाँकी छ’, थापाले भने । बाटो कालोपत्र हुँदा मानुङ पुग्ने सर्वसाधारणलाई समस्या हुँदै आएकामा अब कालोपत्र सडकमा सजिलैसँग यात्रा गर्न पाइने थापाले बताए ।

सडक कालोपत्र भएपछि मानुङकोट पुग्ने पर्यटकको संख्या बढेको छ । यसअघि कच्ची सडक हुँदा मानुङकोट जान पर्यटकलाई सास्ती हुँदै आएको थियो । कोभिड-१९ र बन्दाबन्दीपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । ‘कालोपत्र सडकले मानुङकोटमा पर्यटक बढायो, पर्यटकको चहलपहल बढेपछि मानुङकोटमा होटल खुल्नेक्रम बढ्यो’, श्रेष्ठले भने ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनःमानुङकोट उक्लिएको उनले बताइन् । ‘अहिले त बाटो कालोपत्र भइसक्यो, जे चाहिए पनि दमौलीबाटै लैजान सकिन्छ’, उनलेड भनिन्, ‘गाउँमै सम्भावना देखेपछि फर्किएर होटल चलाइरहेको छु ।’

मानुङकोटको विकास अभियानमा व्यास नगरपालिकाको मुख्य चासो रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् । ‘मानुङकोटमा लगानी गर्न निजी क्षेत्र आकर्षित भइरहेका छन्’, उनले भने, ‘“सरकारी र निजी क्षेत्रको साझेदारीमा मानुङकोटको विकास गर्छौं ।’ यसअघि बतास समूहले मानुङकोटमा रु चार अर्ब योजनाको प्रस्ताव गरे पनि त्यसमा मुद्दा परेपछि रोकिएको बताउँदै अहिले मुद्दाको फैसला आइसकेकाले अब त्यो प्रक्रिया अगाडि बढ्ने न्यौपाने बताउँछन् ।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा पर्यटकको संख्या झनै बढ्छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालयीत आन्तरिक पर्यटक मानुङकोट पुग्छन् । यहाँबाट माछापुच्छ्रे, अन्नपूणर्लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला र तनहुँ जलविद्युत को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP