शनिबार , भाद्र १३, २०८३

काठमाडौं । पछिल्लो समय देशका अधिकांश स्थानीय तहहरुले अवैध संरचना हटाउन चासो देखाउन थालेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।

‘नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ’, महानगरले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP