शुक्रबार , जेठ १०, २०८२
दयाराम आचार्य /कावासोती
कावासोती नगरपालिकाको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिने भएको छ । कावासोती नगरपालिका १ बालुवाडाँडामा बिहिबार देखी परिक्षण उडान गर्ने तयारी गरिएको छ । पर्यटकीय दृष्टिकोणले समेत सम्भावनाको क्षेत्रका रुपमा रहेको बालुवाडाँडा क्षेत्रबाट प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदैछ । क्लाउडबेस प्याराग्लाईडिङ्ग नेपालले भोली देखी पाँच दिन सम्म परिक्षण उडान गर्न लागेको व्यवस्थापक प्रकाश भुजेलले बताउनुभयो ।
कावासोती नगरपालिकामा नयाँ पर्यटकिय सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाईडिङ्गको समेत परिक्षण गर्न लागिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कम्पनीले समेत चासो दिएर परिक्षणकालागि आएको बताउदै सफल भए यो जिल्लाकै लागि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र बन्ने उहाँले बताउनुभयो ।
पाँच जना चालकले भोलीबाट परिक्षण गर्ने छन् । अवतरणकालागि कावासोती १, ५ र ६ का क्षेत्रहरुको अध्यन समेत गरिने छ । भोली चालक दलले मात्रै एकल उडान भर्ने छन् । त्यसपछी अन्य यात्रु राखि समेत यसको परिक्षण गरिने उमेश रानाले बताउनुभयो । उहाँका अनुसार भोली बिहानबाट परिक्षण शुरु गरिनेछ । मौसमको अवस्था हेरी पाँच दिन सम्म बालुवाडाँडाका बिभिन्न क्षेत्रबाट परिक्षण उडान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP