शनिबार , भाद्र १३, २०८३

काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजविरुद्ध विजयी शुरुवात गरेको छ । मंगलबार भएको सिरिजको पहिलो टी-२० खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

भारतले दिएको २०९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले क्यामरुन ग्रीनको ६१, म्याथ्यु वाडेको अविजित ४५ र स्टिभन स्मिथको ३५ रनको मद्धतले १९.२ ओभरमा ६ विकेट गुमाउदै खेल जितेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले हार्दिक पाण्डेको अविजित ७१ र केएल राहुलको ५५ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै २०८ रन बनाएको थियो । यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल २३ सेप्टेम्बरमा नागपुरमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP