शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले बताए । सबैको समन्वयबाट कोभिड-१९ र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उनको विश्वास छ ।

उनले भने, ‘एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका, सामाजिक-आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । साथै सबैको समन्वयबाट कोभिड र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीको आपूर्ति/वितरण र कोभिड १९ र डेङ्गी रोगका बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताए । उनले कोरोना महामारीबाट पूणर् मुक्त हुन नपाउँदै पुनः डेङ्गी रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेङ्गीबाट निधन भएका नागरिकप्रति श्रद्धाञ्जली पनि अर्पण गरे ।

प्रधानमन्त्री देउवाले विज्ञहरूको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक प्रयत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP