मंगलबार , बैसाख ९, २०८२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले बताए । सबैको समन्वयबाट कोभिड-१९ र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उनको विश्वास छ ।

उनले भने, ‘एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका, सामाजिक-आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । साथै सबैको समन्वयबाट कोभिड र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीको आपूर्ति/वितरण र कोभिड १९ र डेङ्गी रोगका बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताए । उनले कोरोना महामारीबाट पूणर् मुक्त हुन नपाउँदै पुनः डेङ्गी रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेङ्गीबाट निधन भएका नागरिकप्रति श्रद्धाञ्जली पनि अर्पण गरे ।

प्रधानमन्त्री देउवाले विज्ञहरूको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक प्रयत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP