सोमबार , असार २, २०८२

काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ । नागरिकता विधेयक २०७९लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरुले धर्ना दिएका हुन् ।

‘बुबा-आमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकारणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन ।

यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएकको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP