शनिबार , भाद्र १३, २०८३

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् ।

सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर-१२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् ।

पानी परेका बेला घलान दम्पती ज्वाइँ नाता पर्ने वुद्धबहादुरको घरमा गएर गफ गरेर बसिरहेको ठाउँमा चट्याङ परेको स्थानीयले बताएका छन् । घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP